Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री वालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी सुन तस्करीमा संलग्न रहेको खुलेको छ । गृहमन्त्रालयमा हुँदा उनले शरणार्थी प्रकरणमै पक्राउ परेका केशब तुलालाई तस्करी गरेर सुन भित्र्याउन आईजीपीसँग सेटिङ मिलाउने गरेको खुलेको छ ।

उनले तत्कालीन आईजीपी धिरजप्रताप सिंहसँग सेटिङ मिलाउने गरेको म्यासेज भेटिएको हो । त्यस्तै केसीले गृहसचिव पाण्डेसँग पनि सेटिङका लागि म्यासेज गरेको खुलेको हो । पाण्डे र केसीबीच भाइबर र वाट्सएपमा कुराकानी हुने गरेको खुलेको छ ।

यस्तो छ केसी र पाण्डेबीच वाट्सएमा भएको कुराकानी

‘सर रिफयुजी कार्ड होल्डरको मात्र लागत लिएको छ अरे, न्यु इन्ट्री र ननइन्ट्रीको लागत लिएको छैन रे । सबैको गर्ने होइन र हजुर । सर बिक्रान्त बस्नेत नाम गरेको मान्छेले हजुरको नाम लिएर भुटानी रिफ्युजीको ७०/८० जनाको कार्ड र ट्राभल डकुमेन्ट बनाउँछु भनेर हिडिरहेको छ रे हजुर ।’

केशव दुलालले सोधेका छन्, ‘सर एयरपोर्टमा गोल्डको लाइन दिन सकिन्छ बिग प्रोग्रामको लागि हजुर ?’

जवाफमा केसीले आईजीपीसँग भनेको उल्लेख गरेका छन् ।

यस्तै वाट्यएपमा आर्थिक लेनदेनका समेत म्यासेज फेला परेका छन् ।

तपाईको प्रतिक्रिया