Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं  – भारतले घरेलु टोली नेपाललाई हराउँदै जारी एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह ‘ए’ को विजेता बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु समर्थकको साथ पाएको नेपाललाई भारतले ३-१ को सेटमा हराएको हो ।

पहिलो सेट १२-२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो । तर, चौथो सेट २५-२१ ले जितेर भारतले नेपालविरुद्धको जित पक्का गर्‍यो।

जितसँगै समूह ‘ए’ को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ । समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ । समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया