Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । युवराज पौडेल ‘सफल’ ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो ।

लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । रिट निवेदनको पेसी जेठ १७ गतडे तोकिएको छ । अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो ।

रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ‘सफल’ ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको छ । उक्त रिटमा जेठ १७ गतेलाई पेसी तोकिएको छ ।rit

तपाईको प्रतिक्रिया