Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

लिस्बन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै सङ्घको विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सङ्घमा आबद्ध भएदेखि नै आफू सङ्घको संस्थागत हितमा लागेको उल्लेख गर्दै उनले सङ्घसंस्थाको उद्देश्य समाज सेवा र सामाजिक कार्य भएकाले जुनसुकै माध्यमबाट पनि समाज सेवा र सामाजिक कार्य गर्न सकिने बताए । सङ्घको विवादतर्फ आफू जान नचाहेको स्पष्ट पार्दै उनले आफूलाई दिएको जिम्मेवारी निश्पक्ष ढङ्गले पूरा गरेको उल्लेख गरे । घलले भने, ‘कानुनी परामर्श गरेरै महाधिवेशन सम्पन्न गरेको हो । त्यसबेला परराष्ट्र मन्त्रालयबाटै नगर्नु भन्ने परिपत्र आएको भए मैले रोक्नुपथ्र्यो तर परराष्ट्रबाट त्यस्तो केही आएको थिएन ।’

नयाँ पुस्तालाई समेट्दै सङ्घलाई समयानुकुल परिमार्जन गर्नुपर्छ भन्ने सोँच र परिकल्पनाका साथ ‘भिजन २०२० एण्ड वियोण्ड’ कार्यक्रम ल्याएको स्मरण गर्दै उनले सङ्घमा विवादको अन्त्य होस् भनेरै विधान संशोधन गरेर विवादरहित संस्थाको परिकल्पना गरिएको बताए । पूर्व अध्यक्ष घलेले विदेशमा रहेका नेपाली समुदायको सञ्जालका रुपमा संयुक्त राष्ट्र सङ्घको मोडेलमा एउटा सञ्जाल सञ्चालन गर्न सकिने धारणा राखेका थिए ।

जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा र ग्रीन हाईड्रोजनमा विश्वको ध्यान केन्द्रीत भइरहेको भन्दै उनले यस्ता महत्वपूर्ण विषयमा नेपालको ध्यान जान नसकेकाले सबै मिलेर सरकारलाई झक्झकाउनु पर्नेमा जोड दिए । घलले विश्व बैंङ्क तथा विदेशी नियोगका अधिकारीको सहभागीतामा नेपालमा हाईड्रोजन सम्मलेन सम्पन्न गरी सोही क्षेत्रमा आफूले काम गरिरहेको जानकारी दिए ।

सङ्घका केन्द्रीय उपाध्यक्ष थर्क सेनले सङ्घको एकताका लागि सहमतिका बुँदा तय गरिएको भन्दै एक भएर अगाडि बढौँ भन्ने भावनाका साथ आफूहरू लागि परेको बताए । सङ्घका निवर्तमान उपाध्यक्ष सोनाम लामाले संस्थागत स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा सङ्घ विभाजनमा पुगेको उल्लेख गरे । सङ्घका युरोप सल्लाहकार विश्वास दीप तिगेला र युरोप संयोजक उल्का घिमिरेले सङ्घको एकताका लागि पहल भइरहेको जानकारी गराए ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, पूर्वआईसिसी सदस्य धनराज शेर्पा, पूर्वआईसीसी सदस्य नारायणकाजी मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनसम्पर्क समितिका सुनिल ढुङ्गाना, नेपाली जनप्रगतिशील मोर्चाका महासचिव प्रदिप अधिकारी, नेपाली महिला समाजकी अध्यक्ष माया खरेल, ताामाङ समाजका सुजन लामा, पत्रकार योगेन्द्रमिलन छन्त्याल, शान्ति अर्याललगायतले पोर्चुगलमा रहेका नेपालीको अवस्था र उनीहरुले झेल्नुपरेका समस्याका विषयमा भनाइ राखेका थिए ।

कार्यक्रममा सहभागीले पोर्चुगलमा देखापरेका समस्याप्रति यहाँ क्रियाशील सङ्घसंस्था र सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिँदै दूतावास स्थापनाका लागि पहल गर्नुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया