Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गत पुसपछि संसद्लाई सम्बोधन गरेका छन् । आगलागीमा घाइते भएपछि लामो समय भारतमा उपचार गराएर स्वास्थ्यमा सुधार भएपश्चात् उनले बुधबार संसद्मा सम्बोधन गरेका हुन् ।

संसद्मा बोल्दै उनले गाउँगाउँमा विज्ञान प्रविधिका उपलब्धि पुर्याए पनि त्यसको प्रयोगबारे सिकाउन नसकिएको बताए । उनले यी विषयहरू पाठ्यक्रम बनाएर लागु गर्नुपर्नेमा जोड दिए । ‘म पुस ३ गते जलन केसबाट जुन मैले परिवेश बेर्होनुपर्यो, जुन शारीरिक अवस्थामा पुग्नुपर्यो, त्यो अवस्था धेरै नेपालीहरूले भोगिरहनुभएको छ,’ उनले भने, ‘गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिलेको वर्षमा मेरो आमा थपिँदा १११ पुगेको थियो । यो जलन केस देशभरि फैलिएको छ ।’

सांसद भण्डारीले थपे- ‘गाउँगाउँमा ग्यास पुग्यो, गाउँगाउँमा बिजुली पुग्यो, गाउँगाउँमा बस पुग्यो । तर हामीले के गर्नुहुन्छ, के गर्नुहुन्न भनेर पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । बच्चाहरु विद्यालय जाँदा क्रस कसरी गर्ने, ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने ? साना बच्चाहरूले पढ्न पाउँछन् विश्वमा अरू देशहरूमा । तर हाम्रो विज्ञहरू, पाठ्यक्रम निर्माताहरू कसैलाई पनि यसबारेमा ध्यान भएन ।’

जनताको वास्तविक समस्या भने सांसदहरूले पहिचान गर्न नसकेको उनको भनाइ छ । ‘सबैले ठूला ट्रक र डोजरहरू नदीको किनारमा देख्दछन् । तर त्यही नदीको किनारमा एउटा गरिब जनताले बालुवा चालेर गिटी निकालेको, त्यो देख्दैन । त्यही मानिसले भोट दिएर हाम्रो पहिचान बनाएको छ, यहाँ आएर बोल्ने बनाएको छ । तर, हामीले डोजर देख्छौँ तर मत दिनेलाई हामी देख्दैनौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया