Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – संघीय संसदको संयुक्त बैठक आज बस्दैछ । आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक कक्षमा अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको हो ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन टेबल गर्ने कार्यसूची रहेको छ । गत जेठ १ गते प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । प्रतिनिधिसभाको बैठक भने आजै बिहान ११ बजे बस्ने छ ।

 

तपाईको प्रतिक्रिया