Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी आरोपमा पक्राउपछि हाल प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीले प्रहरीसँगको बयानमा आफू भाग्नुका कारणदेखि गृहमन्त्रालयमा भएको लेनदेनसम्मका कुराहरु भनेका छन् । उनले बयानमा भनेका छन्, ‘मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन भन्ने लागेकोले मन विग्रिएको हुँदा केही अवधि सम्पर्क विहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हो ।’

साथै, काम विशेषले गृहमन्त्रालयमा जाँदा आफूले लेनदेनसम्बन्धी ईन्द्रजीत राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच विवाद भएको सुनेको पनि बयानमा भनेका छन् । उक्त घटना २०७७ पुस १६ गते आफू काम विशेषले गृहमन्त्रालय गएको बखत सुनेको उनले बताएका छन् । र, निस्किदा सानु भण्डारी र केशवप्रसाद दुलाललाई कीर्ते काम त गर्दै छैनौँ भनेर उनीहरुले त्यस्तो काम नगरको आफूलाई बताएको पनि बयानमा भनेका छन् । साथै, बाहिर भनिएजसरी ईन्द्रजीत राईलाई सानु भण्डारीसँग आफूले परिचय गराई दिएको भन्ने कुरा सत्य नरहेको पनि उनले बयनमा भनेका छन् ।

शरणार्थी प्रकरणपछि एमालेको सचिवबाट तत्काललाई निलम्बित भएका रायमाझीले भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउनेसम्मको कुरा आफूलाई थाहा भएको पनि बताएका छन् । उनका अुनसार मितिका संयोजक बालकृष्ण पन्थी छिमेकी जिल्ला र सहसचिव समेत भएको हुँदा चिनजान भएको थियो । साथै, सुरुदेखि नै पीडित भुटानी शरणार्थीहरुको दीर्घकालीन समाधन हुनुपर्दछ भन्ने धारणा राख्दै आएको पनि उनले बयानमा भनेका छन् । र, गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कामले नेपालको अन्तर्राष्ट्रिय छवी उपर अपमान हुने पनि कुरा बताउँदै आएको बयानमा भनेका छन् ।

 

तपाईको प्रतिक्रिया