Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् ।बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् ।

मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै फसाउने गरी केही मिडिया, प्रहरी र दलका नेताहरु लागिपरेको बताइन् । ‘खानेबेलामा को-को मिलेर खाए होलान्, अहिले बिनाप्रमाण बालकृष्णले मात्रै सजाय भोग्नुपर्ने ? पार्टी के गरेर बसेको छ ? यसको वास्तविकता के हो ?’ उनले प्रश्न गरेकी थिइन् ।

सभापति देउवाले मञ्जुलाई अनाहकमा कोही नफस्ने र पार्टीले यसमा पहल गरिरहेको बताएर आश्वस्त पार्न खोजेका थिए ।नेता खाणका विषयमा तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितका नेताहरुले पनि आज सभापति देउवालाई भेटेर कुराकानी गरेका छन् ।सो अवसरमा टोलीलाई देउवाले खाणको बारेमा धेरै चिन्ता नलिन आग्रह गरेका थिए । मिडिया र प्रहरीले एकपक्षीयरुपमा दोषी देखाएर प्रमाणित नहुने बताउँदै उनले बिनाप्रमाण लगाएका यस्ता आरोप गलत सावित हुने विश्वास दिलाएको सहभागी एक नेताले जानकारी दिए ।

‘तपाईहरुलाई जस्तै चिन्ता मलाई पनि लागेको छ नि, केही मिडिया र प्रहरीले दोषी करार गरेर हुँदैन । बिनाप्रमाण दोषी बनाउन मिल्दैन । बालकृष्ण खाणको धेरै चिन्ता लिनुपर्दैन,’ सहभागी एक नेताले देउवाको भनाइ उद्वृत गर्दै भने ।बालकृष्ण खाणका विषयमा कुरा गर्न मंगलबार धुम्बाराहीमा विभिन्न प्रदेशबाट संस्थापन पक्षका नेताहरु गएको बताइएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाण पक्राउ परेका थिए । उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाणलाई गृहमन्त्रालयमै पुगेर एक करोड २४ लाख बुझाएको बयान दिएका छन् । पाण्डेलाई खाण आफैले गृहमा ल्याएका थिए ।

 

तपाईको प्रतिक्रिया