Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बयानका क्रममा नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नहरेको दाबी गरेका छन् ।

प्रहरीले सरकारीको वकिल कार्यालयमा लिएको बयानमा खाँणले आफूलाई आफ्नो मोबाइल फ्याक्ट्री रिसेट भएकोबारे पनि जानकारी नभएको बताएका छन् । खाँणले बयानमा भनेका छन्, ‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाएर भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन ।’

उनले गृहमन्त्रीको ओहोदामा रहँदा आफूले नेपालको छवि उच्च राख्ने काम गरेको पनि दाबी गरेका छन् । ‘म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु’, खाँणले भनेका छन् । बरु आफूले कोभिड–१९ को समयमा भुटानी र तिब्बतीयन शरणार्थीलाई भ्याक्सिन लगाउन पहल गरेको उनको भनाइ छ । जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेको उनको भनाइ छ ।

उनले नेपाली नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य ठिक नभएकाले आफूले यस्तो कार्य सोच्न पनि नसक्ने बताएका छन् । ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्दिनँ’, बयानमा खाँण भनेका छन् ।

तपाईको प्रतिक्रिया