Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई धरानका मेयर हर्क साम्पाङले गीतबाटै जवाफ फर्काएका छन्। उनी आफैँले गिटार बजार गाएर टिकटकमा अपलोड गरेको गीत १४ लाख बढीले हरेका छन्।

केही दिनअघि रिमालले धरानका मेयर हर्क साम्पाङमाथि तुच्छ शब्द प्रयोग गर्दै टिप्पणी गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा रिमालको चर्को आलोचनाको सिकार भइरहेका छन्। आफूले बोलेको कुरालाई फरक व्याख्या गर्दै प्रष्टीकरण दिए पनि उनले गाली खाइरहेका छ। त्यही लक्षित हर्कले गीत गाएका हुन्।

हर्कको गीत यस्तो छ:

एउटा फ्याउरो स्टेज चढी कराएछ ए होइ
पचास हजार लाइक भन्दै ५\१० लाख गाली मात्रै खाएछ ए होइ
ए होइ ए होइ ए होइ के सारो, ए होइ ए होइ ए होइ
गाली, ए होइ ए होइ ए होइ खाको, ए होइ ए होइ ए होइ

 

तपाईको प्रतिक्रिया