Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रमबारे प्रतिपक्षीको धारणा सुन्न नै नचाहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारमा आवद्ध दलका नेताहरू प्रतिपक्षीसँग प्रतिवादमा उत्रिँदै सुझाव ग्रहण गर्न नै नचाहेको टिप्पणी गरेका हुन् । ‘सत्ता पक्षले सुन्ने धैर्यता राख्ला भन्ने बुझाइ थियो । तर, हिजो अस्तिका कुराहहरू सुनिरहँदा सत्ता पक्ष आफ्नो कमजोरी लुकाउनको निम्ति, प्रतिपक्षको तेजोबोध गर्ने र तीव्र प्रतिवादमा उत्रिने उल्टो बाटोमा समातेर हिँडेको देखियो म छक्क पर्या छु,’ बाँस्कोटाले भने ।

सत्तापक्षका नेताहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्ने क्रममा एमाले अध्यक्ष ओलीले ‘हेड सर’ को शैलीमा पाठ पढाएको बताएपछि बाँस्कोटाले जवाफ पनि फर्र्काए ।

‘हेड मास्टर भन्नुभयो हामी आक्रोशित छैनौँ, नेकपा एमाले लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको सामाजिक न्यायसहितको परिवर्तनको, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो त्यसैले तपाईंहरूले दिएको उपाधिलाई पुग्दैन । केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो । इञ्जिनियर हो, आर्टिटेक्ट सबै हो,’ बाँस्कोटाले भने ।

तपाईको प्रतिक्रिया