Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौँ –  कीर्तिमानी पर्वतारोही कामीरीता शेर्पा २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन्। आज (मङ्गलबार) बिहान ९ बजेर २३ मिनेटमा उनी सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ।

यो सहित सगरमाथाको सर्वाधिक आरोहण गर्नेमा ५३ वर्षीय कामीरीताले कीर्तिमान पनि बनाएका छन्। कामीरीताले यो वर्ष एकै सिजनमा दोस्रो पटक सगरमाथा चढेका हुन्।यसअघि कामीरिताले जेठ ३ गते २७औं पटक सगरमाथाको आरोहण गरेर बनाएको कीर्तिमान जेठ ७ गते सोलुखुम्बुका ४६ वर्षीय पासाङ दावाले बराबरी गरेका थिए।

तपाईको प्रतिक्रिया