Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाली कांग्रेस दुई मन्त्रालयसहित आज मधेस प्रदेश सरकारमा सहभागी हुँदै छ । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा आज सरकारमा सहभागी हुन लागेको हो । आज बिहान ११ बजे कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा दलका नेता यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रूपमा वीरेन्द्रप्रसाद सिंहले शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकीय सचिव लालबाबु यादवले जानकारी दिए ।

अन्य पार्टीको सरकारमा सहभागिताका विषयमा छलफल जारी नै रहेको उनले बताए । लोसपा र नेकपा एसले सरकारमा सहभागी हुने विषय टुङ्गिन बाँकी रहेकाे उनले बताए । यद्पि नेकपा एस पनि आजै सरकारमा सहभागी हुने सम्भावना रहेको बताइएको छ ।

हिजो सत्तारुढ गठबन्धन दलको बैठकमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति भए पनि मन्त्रालयको भागबन्डा गरिएको थिएन । माओवादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले भने, ‘आज कांग्रेस र नेकपा एसबाट मात्रै सरकारमा सहभागी हुने कुरा सार्वजनिक भएपछि आश्चर्य लागेको छ । दलीय सहमतिको आधारमा सरकार विस्तार गर्ने केन्द्रको परिपत्र हो ।’

 

तपाईको प्रतिक्रिया