Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस कुरा नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले नीति तथा कार्यक्रमको बुँदा नं १ मा उल्लेखित जनयुद्ध शब्दप्रति आपत्ति जनाए । उनले यो शब्द नेपाली कांग्रेसलाई मान्य हुन्छ कि हुँदैन भनी प्रश्न गरे ।

‘विगतमा भएका आन्दोलनको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द प्रयोग भएको छ । यो विषयमा संविधानसभामा प्रयाप्त बहस भएको थियो । २०७२ सालको संविधानपछि नेपालका कुनै पनि दस्तावेजमा यो शब्द उल्लेख भएको छैन । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनु भएको छ,’ उनले भने, ‘कांग्रेसले यसलाई स्वीकार्छ भने कांग्रेसकै इन्ड अफ द हिस्टी हो ।’

नेता भट्टराईले नेपाललाई एउटा समतामुखी राज्यका रूपमा विकास गर्न महिला, दलित, पिछडिएको क्षेत्र र राज्यको मूलप्रवाहीकरणमा समेटिन नसकेका व्यक्तिका लागि नीति तथा कार्यक्रममा विशेष कार्यक्रम हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया