Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – उच्च अदालत पाटनले पृथ्वी मल्ललाई ‘हिट एन्ड रन’ मुद्दामा दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको छ । लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराउँदा पीडितको ज्यान गरेको ठहर गर्दै उच्च अदालतले मल्ललाई चार वर्ष कैद सजाय सुनाएको हो ।

यसअघि जिल्ला अदालतले ६ महिना कैद सजाय र १० हजार जरिबाना सुनाएको थियो । उक्त फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिबाना तिराउने फैसला गरेको हो ।

मल्लले बिना सवारी चालक अनुमतिपत्र कार चलाउँदा २०७६ मंसिर २८ गते फुटपाथमा हिँडिरहेकी लीला देवकोटालाई ठक्कर दिएपछि उनको मृत्यु भएको थियो । सरकारी वकिलको कार्यालयमार्फत दर्ता भएको मुद्दामा जिल्ला अदालतले यान्त्रिक गडबडी भएको भन्दै मल्ललाई ६ महिना कैद सजाय तोकेको थियो ।

उक्त फैसलाविरुद्ध २०७९ असोज ७ गते सरकारी वकिलको कार्यालय र २०७९ कात्तिक १७ गते मल्ल पुनरावेदन गर्न उच्च अदालत पुगेका थिए । उच्च अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को १६१ (२) अनुसार लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको फैसला गरेको हो ।

तपाईको प्रतिक्रिया