Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले उद्यमीहरूलाई निरुत्साहित हुने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले सवारी दर्ता प्रक्रियामा समस्या भोगिरहेको भन्दै तत्काल समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

भ्याट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको उनको भनाइ छ । ‘विद्युतीय सवारी साधान बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्य विधि संशोधन भयो सरकारको तारिफ पनि भयो । अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ । सरकार भन्छ भ्याट बील तिरेको ३५ दिनभित्रै दर्ता भएन भने जरिवाना लाग्छ’, उनले भने ।

उनले पहिला कानुन नहुँदा दर्ता नभएको र अहिले कानुन हुँदा झमेला व्यहोर्नु परेको बताए । ‘पहिले कानुन थिएन दर्ता भएन अहिले कानुन बन्यो दर्ता भयो तर आफै कानुन बनाउने निकायले दर्ता ढिलो किन गरिस् । तैले जरिवाना तिर्नुपर्छ भन्छ’, उनले थपे, ‘सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ?’

तपाईको प्रतिक्रिया