Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – म्यानचेस्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी तीन खेलअगावै च्याम्पियन बनेको हो ।

फरेस्टको मैदानमा भएको खेलको १९ औं मिनेटमा ताइवो आवोनियीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । आर्सनलका कप्तान मार्टिन ओडिगार्डले दिएको पास फरेस्टका गिब्स ह्वाइटको खुट्टामा पुगेको थियो । उनले बक्समा गरेको क्रसमा आर्सनलका डिफेन्डर गाब्रियलले ट्याकलमार्फत क्लियर गर्न खोजेका थिए ।

तर, फरवार्ड आवोनियीलाई लागेर गोलमा परिणत भएपछि आर्सनल पछि परेको थियो । बाँकी समयमा गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा आर्सनल उपाधि होडबाट बाहिरियो ।

जितसँगै फरेस्ट ३७ खेलबाट ३७ अंक जोडेर लिग तालिकाको १६औं स्थानमा उक्लिएको छ । महत्त्वपूर्ण तीन अंक जोडेसँगै फरेस्ट रेलिगेसनबाट पनि जोगिएको छ । समान खेलबाट ८१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । लामो समय लिग लिडर रहेको आर्सनल पछिल्ला पाँचमध्ये तीन खेलमा पराजित भएपछि उपाधि सिटीले जितेको हो । लिगमा तीन खेल खेल्न बाँकी सिटीको ३५ खेलबाट ८५ अंक छ ।

तपाईको प्रतिक्रिया