शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – ट्वीटरको अस्थिर भविष्यको फाइदा उठाउँदै इन्स्टाग्रामले ट्वीटर जस्तै एप ल्याउने भएको छ । इन्स्टाग्रामको मातृ कम्पनीले मेटाले अगस्टसम्म सार्वजनिक गर्नेगरी माइक्रोब्लगिङ एपको तयारी गरेको छ ।

विभिन्न सञ्चारमाध्यमलाई मेटाले पठाएको ईमेलमा कम्पनीले माइक्रोब्लगिङ प्लेटफर्म ल्याउन लागेको सूचना दिइएको छ । टेक्स्टमा आधारित उक्त एपको केही भाग इन्स्टाग्राममा इन्ट्रिगेट हुनेछ भने एपको पूर्ण संस्करण छुट्टै एपमा पाउन सकिनेछ ।

एप सार्वजनिक भएपछि इन्स्टाग्रामका प्रयोगकर्ताले इन्स्टाग्रामको ह्यान्डल र भेरिफिकेसन प्रयोग गरेर नयाँ प्लेटफर्मको अकाउन्ट बनाउन सक्नेछन् । त्यसपछि इन्स्टाग्रामबाट फलोअरलाई नयाँ प्लेटफर्ममा फलो गर्न नोटिफिकेसन पठाउनसक्ने कम्पनीले जनाएको छ ।

उक्त नोटिफिकेसन हेरेर अन्य इन्स्टाग्राम प्रयोगकर्ताले क्रियटर वा अन्य व्यक्तिलाई फलो गर्न सक्छन् । टेक्स्टमा आधारित मेटाको उक्त एप एक्टिभिटी पब प्रोटोकलमा आधारित हुने बताइएको छ । यसको अर्थ इन्स्टाग्रामबाट उक्त एपमा मेसेज पठाउन सकिनेछ । साथै प्रयोगकर्ताले उक्त एपका पोस्ट इन्स्टाग्राम र इन्स्टाग्रामका पोस्ट उक्त नयाँ एपमा देख्न सक्नेछन् ।

टाले बढी फलोअर हुने अकाउन्टलाई पहिले नै उक्त एपको एक्सेस दिने योजना बनाएको छ । विशेषगरी कलाकार, निर्माता, खेलाडी, कमेडियन जस्ता सार्वजनिक व्यक्तित्वले यो नयाँ एप अरूले भन्दा अगाडि नै प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

यसो त पछिल्लो समय ट्वीटरको विकल्पमा विभिन्न एपहरू आएका छन् । ब्लुस्काई, मास्टोडन जस्ता एपलाई ट्वीटरको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । मेटाले पनि आफूलाई त्यही दौडमा सामेल बनाएको स्वीकारेको छ । ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर प्रयोग गर्ने अर्बौं प्रयोगकर्ताले आफ्नो नयाँ एप पनि प्रयोग गर्नेमा कम्पनी विश्वस्त छ ।

मेटाको ईमेल पाएकी क्रियटर लिया ह्याबरम्यानले ट्वीट गर्दै नयाँ टुलका विवरण सार्वजनिक गरेकी छन् । ‘पी९२ कोडनेम’ दिइएको उक्त एपबारे सबैभन्दा पहिले मनिकन्ट्रोलले सूचना बाहिर ल्याएको थियो । मनि कन्ट्रोलका अनुसार मेटाको उक्त नयाँ एपको गाइडलाइन्ट इन्स्टाग्रामको जस्तै हुनेछ । इन्स्टाग्रामकै अकाउन्टबाट नयाँ प्लेटफर्ममा लगइन गर्न सकिनेछ ।

स्तै उक्त प्लेटफर्ममा इन्स्टाग्रामका पोस्ट ब्लक वा हाइड गर्ने सुविधा पनि हुनेछन् । मेटाको सो प्लेटफर्ममा एक पटकमा ५०० क्यारेक्टरका टेक्स्ट लेख्न सकिनेछ । त्यस्तै रिप्लाई, रिपोस्ट, फोटो तथा भिडिओ अप्लाई, पोस्ट लाइक, न्युजफिड सबै सुविधाहरू हुनेछन् ।

तपाईको प्रतिक्रिया