Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । उपाधिसँगै सुब्बाले नगद रू १५ लाख रूपैयाँसहित अन्य पुरस्कार जितेका छन् । शुक्रबार रातिको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमेका हुन् ।

फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

फिनालेमा सबै आठ जना फाइनलिस्टले रमाइलो सांगीतिक प्रस्तुति दिएका थिए । यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए । फिनालेमा सुरजसिंह ठकुरीले हिमालय रोडिजको नयाँ सिजन आउन लागेको जानकारी गराएका थिए ।

 

तपाईको प्रतिक्रिया