Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चर्चित कलाकारहरू सम्मिलित रहेको लोक दोहोरी गीत ‘नाग नागीन…’ सार्वजनिक भएको छ । छुट्टै पहिचान बनाउन सफल गायिका जमुना सनम र गायक सर्जक वसन्त थापाको स्वर रहेको गीत सनम क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

प्रेमील जोडीलाई ‘नाग नागीन’को संज्ञा दिएर तयार पारिएको गीतले मौलिकता बोलेको छ । विशेषतः माया प्रेम र जीवन शैलीलाई शब्दमा बुनेर बनेको गीत सबै उमेर समूहले मन पराउने अपेक्षा गरिएको छ ।

गीतको शब्द संगीत सिर्जना गरेका राजु सुनाम आफैले म्युजिक एरेन्ज गरेका छन् । काजिश श्रेष्ठले निर्देशन गरेको गीतको म्युजिक भिडिओमा सुदिर श्रेष्ठ र बिना विश्वकर्मालगायतको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया