Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोलम्बियाको अमेजन जंगलमा एउटा विमान दुर्घटना भएको १७ दिन पछि चार  बालबालिका सकुशल फेला परेका छन् । मे १ मा भएको यस दुर्घटनामा तीन जना वयस्क महिलाको मृत्यु भएको थियो । त्यसयता खोजी अभियान चलिरहेको थियो ।

अहिले दुर्घटना भएको १७ दिनपछि बुधबार चार बालबालिका जीवितै फेला परेको जानकारी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो आफैले दिएका छन् । पेट्रोले सेनाले कठिन खोजी अभियान चलायो र आज उनीहरूले विजय प्राप्त गरेको बताएका छन् । उनले यो देशका लागि खुसीको कुरा भएको बताएका छन् ।

दुर्घटनापछि कोलम्बियाको घना अमेजनमा बुधबार चार बालबालिका जीवितै फेला परेका थिए । उनीहरूमध्ये ११ महिनाको बच्चा पनि रहेको छ । अन्य बालबालिकाको उमेर ४, ९ र १३ वर्ष रहेको छ । सरकारले स्निफर कुकुरहरूको साथ खोजी अभियानमा १०० भन्दा बढी सैनिकहरू संलग्न गराएको थियो ।

दुर्घटनापछि बालबालिका दक्षिणी काक्वेटाको जङ्गलमा घुमिरहेको बताएका छन् । खोजी अभियानका क्रममा एक बालकको पिउने बोतल र आधा खाएको फल फेला परेपछि उनीहरूको खोजी कार्य अझ तीव्र बनाइएको थियो ।

तपाईको प्रतिक्रिया