Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ । आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार कारोबारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ ।

सरकारले आगामी ५ वर्षमा कारावासमा कैदीको चाप नहुनेगरी निर्माण भएका कारागारहरुको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया