काठमाडौं – सरकारले मुख्य सहरमा मेट्रो र मोनो रेल सञ्चालन गर्ने पुरानो नीति दोहोराएको छ । संघ, प्रदेश र स्थानिय तहको मेट्रो, मोनो, ट्रामको विकास गर्ने भएको हो ।
सरकारले राइडिङ सेवालाई कानुनी दायरामा ल्याउने भएको छ । आगामी नीति तथा कार्यक्रममा पठाओ, इन्ड्राइभर जस्ता राइडिङ सेवाका लागि सरकारले आवश्यक कानुनी व्यवस्था गर्न लागेको हो ।