Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज संसदमा जान लागेका छन् । ४ बजे बोलाइएको संघीय संसदको संयुक्त बैठकमा उनले नीति कार्यक्रम वाचन गरेर सुनाउने कार्यक्रम छ ।

यसका लागि राष्ट्रपति संसद जाँदा बाटो भने अवरोध नगरिने बताइएको छ । सवारी साधन नरोकिने र सर्वासाधारणको आवागमनमा रोक नलगाइने भएको हो ।

यसअघि राष्ट्रपतिको सवारीमा जाँदा र फर्किँदा सर्वसाधारणलाई समेत हिँड्न नदिएर राष्ट्रपतिको सवारी हुने रुटको सवारी आवागमनमा अवरोध गरिने चलन थियो । त्यसको चर्को विरोध हुँदै आएको छ ।

यसअघि शुक्रबारको संसदमा सरकारले ल्याउन नीति कार्यक्रमलाई राष्ट्रपतिले स्वास्थ्य अवस्थाका कारण केही अंश मात्रै पढेर प्रधानमन्त्रीलाई बाचन गर्ने दिने भनिएकोमा राष्ट्रपति आफैँले पूरै वाचन गर्ने पछिल्लो तयारी रहेको समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया