Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरीमा दुई यात्रु बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा २१ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ की ४२ वर्षीया शोभा परियार छिन् । उनका दुई छोरा पनि घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु. २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना. ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यलय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

बाराबाट इँटाभट्टामा काम गरेर रोल्पा घर फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु. २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते छन् । ११ जना गम्भीर घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया