शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – चितवन समाज जापानको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । टोकियोमा बुधबार सम्पन्न चौथो अधिवेशनले अध्यक्षमा ईश्वरी कँडेल सर्वसम्मत निर्वाचित गरेको हो ।चितवनबाट जापान आएर रोजगार, व्यवसाय, अध्ययन लगायत विभिन्न पेशा गरी रहेका चितवनवासीको संस्थाको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्षमा रामु खरेल, अनिल पौडेल र प्रदीप खरेल महासचिवमा कविकिरण न्यौपाने, सचिवमा विनोदकुमार सापकोटा र अनुपराज कँडेल, कोषाध्यक्षमा धिरन कँडेल र सह कोषाध्यक्षमा मनीषा प्रधान सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक अरुणकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार समाजको केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा वीरेन्द्र सापकोटा, युवराज ढकाल, विवश कँडेल (महेन्द्र), विमल कँडेल, लक्ष्मण गैरे, अमित सापकोटा र विनोद कुमाल रहेका छन् । समाजको उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चितवन समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समीर खत्रीले नेपाली संस्कार रहे संस्कृति बच्ने र संस्कृति रहेमात्र नेपाल र नेपाली रहने भएकोले संस्कार र संस्कृतिको बचाउमा प्रवासी नेपालीहरू लाग्नका लागि आग्रह गरेका थिए ।कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा स्थापित समाजहरूले आफ्नो उद्देश्य अनुरूप खास अर्थको सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन आग्रह गर्दै जापानमा चितवन समाजले गरेका सामाजिक कार्यको चर्चा गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य केशव अधिकारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुलचन्द्र खरेल नेपाली, व्यवसायी संघ जापान (एनबीए) जापानका अध्यक्ष विजेश थकालीले शुभकामनासहित धारणा राखेका थिए ।यसैगरी एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, महासचिव सिद्धार्थ श्रेष्ठ, गलकोट समाजका खगराज गौतम, एनआरएनए आईसिसि उपसचिव ओम गुरुङ, चितवन समाज जापानका सल्लाहकार एवं व्यवसायी अरुणकुमार श्रेष्ठ, स्याङ्जा समाज जापानका उपाध्यक्ष अर्मान गुरुङ, एनआरएनए आईसिसि उपाध्यक्ष भूषण घिमिरे, चितवन समाज जापानका संस्थापक अध्यक्ष लोकनाथ बस्तीलगायतले नयाँ कार्य समितिलाई शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा समाजलाई विभिन्न अवसरमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता र कविकिरण न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया