मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपको १६ औँ संस्करणमा छनोट भएको छ ।त्रिवि क्रिकेट मैदानमा सोमबार वर्षाका कारण खेल अवरुद्ध भएपछि बाँकी खेल मंगलबार बिहान भएको हो । खेलमा युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।एसिया कपको १६ औँ संस्करणका लागि छनोटमा परेको नेपालले सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने खेलमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ६ राष्ट्रले खेल्ने छन् ।यूएई र नेपालबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा उपस्थित दर्शकमा खुसीको रौनक देखिएको छ । दर्शकले नेपाली झण्डा फहराउँदै जीतको खुसी मनाएका छन् । -तस्बिर : क्यान

तपाईको प्रतिक्रिया