शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

कुन देशमा धेरै धनी मानिसहरू होलान्? अनि उनीहरू शहरमा बस्छन् होला ? भन्ने अधिकांशको चासोको विषय हुनेगर्छ । आउनुहोस्, चिनौँँ धनी मानिस बस्ने संसारका प्रमुख शहरहरू ।

अधिकांश अर्बपति अमेरिका र चीनमा बस्ने गरेको पाइएको छ । बेलायती कम्पनी हेन्ली एन्ड पार्टनर्सको सन् २०२२ डिसेम्बरसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै धनाढ्य बस्ने शहरको सूची यस प्रकार छ ।

न्युयोर्क
अमेरिकी शहर न्युयोर्क सिटीमा ३ लाख ४० हजार जना अर्बपति रहेका छन् । जसमा ७२४ जनाको सम्पत्ति १० अर्बभन्दा बढी छ । यस्तै, ५८ जना खर्बपति न्युयोर्कमै बस्ने उक्त कम्पनीले जनाएको छ ।

टोकियो
जापानको राजधानी टोकियो संसारमा सबैभन्दा बढी अर्बपति भएको शहरको दोस्रो नम्बरमा छ । त्यहाँ २ लाख ९० हजार जना अर्बपति बस्ने गरेको पाइएको छ । जसमा १० अर्बभन्दा बढी सम्पत्ति हुने २५० जना र १४ जना खर्बपति छन् ।

द बे एरिया
अमेरिकाको सान फ्रान्सिस्कोको द बे एरिया धेरै अरबपति रहेको शहरको तेस्रो नम्बरमा छ । द बे एरियामा दुई लाख ८५ हजार जना अर्बपति र ६३ जना खर्बपति रहेका छन् ।

लन्डन
धनीहरु बस्ने चौथो शहर हो, बेलायतको लन्डन । त्यहाँ २ लाख ५८ हजार जना अर्बपतिहरू बस्ने गरेकोमा ३६ जनाको सम्पत्ति खर्बभन्दा माथि रहेको बताइएको छ । यस्तै लन्डनमा १० अर्बभन्दा बढी सम्पत्ति हुने ३८४ जना बस्ने गरेका छन् ।

सिंगापुर
सिंगापुर सबैभन्दा धेरै धनी बस्ने विश्वको पाँचौ प्रमुख शहर हो । सन् २०२२ मा मात्रै २ हजार ८०० भन्दा बढी मानिसले घर बनाएको हेन्लेको तथ्यांक छ। त्यहाँ २ लाख ४० हजारभन्दा बढी अर्बपति छन्  । जसमध्ये २७ जना खर्बपति रहेको बताइएको छ ।

लस एन्जेल्स
अमेरिकाको लस एन्जेलस धेरै अर्बपति बस्ने छैटौँ प्रमुख शहर हो । त्यहाँ २ लाख ५ हजारभन्दा बढी अरबपति रहेकामा ४२ जना खर्बपति रहेको पाइएको छ । यस्तै त्यहाँ बस्ने ४८० जनाको सम्पत्ति १० अर्बभन्दा माथि छ ।

हङकङ
त्यसपछि सबैभन्दा धेरै धनाढ्यहरू बस्ने शहर हो, हङकङ । जहाँ अर्बपतिका १ लाख २९ हजारभन्दा बढी घरहरू रहेका छन्। तीमध्ये ३२ जना खर्बपति रहेको बताइन्छ ।

बेइजिङ
चीनको राजधानी बेइजिङ अर्बपतिहरू बस्ने प्रमुख शहरको आठौँ शहरको सूचीमा छ । बेइजिङमा १ लाख २८ हजारभन्दा बढी अर्बपनिहरू बस्ने गरेका छन् । त्यसमध्ये ३५४ जनाको साम्पत्ति १० अर्ब र ४३ जनाको सय अर्बभन्दा बढी छ ।

शांघाई
यस्तै सूचीको नवौँ नम्बरमा चीनकै अर्को शहर शांघाई छ । जहाँ १ लाख २७ हजारभन्दा बढी अर्बपति रहेका छन् । तीमध्ये ३३२ जनाको १० र ४० जनाको सय अर्बभन्दा बढी सम्पत्ति रहेको छ ।

सिड्नी
विश्वका सबैभन्दा बढी बस्ने शहरको दशौँ नम्बरमा छ, अस्ट्रेलियाको सिड्नी । त्यहाँका १ लाख २६ मानिसको सम्पत्ति एक करोड डलरभन्दा बढी छ । जसमध्ये १८४ जनाको सम्पत्ति १० अर्बभन्दा धेरै छ भने १५ जना खर्बपति बसोबास गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया