शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

पाण्डेले शुक्रबार मात्र मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । पाण्डेले आजै माओवादी र एकीकृत समाजवादीसहित ३५ प्रदेश सभा सदस्यको समर्थनसहित सरकार बनाउने दाबि पेश गरेका थिए ।

यसअघि मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि १४ गते ४ बजेभित्रको समय सीमा दिएर प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका एक सांसद छन् ।

तपाईको प्रतिक्रिया