शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अर्थमन्त्री डा प्रकाश शरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा गर्ने बताएका छन्। कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्ने उनले बताए।बिहीवार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा महतले कर्मचारीहरुलाई भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ।’

सबै कर्मचारीले पारदर्शिता र कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा आफूलाई विश्वास भएको उनले बताए। ‘यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने मैले अपेक्षा गरेको छु’, मन्त्री डा महतले भने, ‘राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन। तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु।’

उनले समग्रमा पारदर्शीका साथ काम गरौं भन्ने प्रस्ताव गर्दै सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गर्दै जानु पर्ने बताए। ‘नियम, कानुनमा व्यवसायीले तिर्नुपर्ने कुरा छ भने उनीहरुले तिर्नुपर्छ। हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं,’ उनले भने।

 

तपाईको प्रतिक्रिया