शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – उपनिर्वाचन सकिएसँगै एकाएक नेपाली कांग्रेस छाड्ने बढेका छन् । हुनत कांग्रेसले तनहुँ १ मा मात्र सिट गुमाएको हो । तर बैशाख १० पछि तनहुँमा भन्दा बाहिरी जिल्लाबाट कांग्रेस छाड्ने बढ्दै गएका छन् ।

सोही क्रममा पर्वतका जिल्ला सभापतिका प्रत्यासीसहित ३१ जना नेताहरुले पार्टी परित्याग गरेका छन् । बुधबार जिल्ला सभापतिका प्रतिस्पर्धी मिलन सुवेदीसहित ३१ जना नेताहरुले पार्टी परित्याग गरेका हुन् ।

ती सबैले पार्टी छाडेर स्वतन्त्र बनेको बताएका छन् । सुवेदी पार्टीको १४ औं महाधिवेशनमा जिल्ला सभापतिका लागि प्रतिस्पर्धी थिए । सुवेदी संस्थापन इतरबाट उम्मेदवार बनेर युवराज जोशीसँग पराजित भएका थिए

सुवेदीसँगै पार्टी परित्याग गर्नेहरुमा जिल्ला सदस्य किसान थापा, फलेवास नगरपालिकाका सचिव चित्रप्रसाद शर्मा, तरुण दलका जिल्ला सचिव सागर भुसाल, प्रदेश सभा ‘क’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार कमलराज पौडेल तथा नेपाल विद्यार्थी विद्यार्थी संघका निवर्तमान अध्यक्ष सन्तोष पाठकलगायत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया