शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अयोग्य लडाकुलाई पैसा होइन रोजगारी दिनुपर्ने माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पूर्व अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको कार्यको विरोध गर्न आह्वान गरेका हुन् ।

नेता कोइरालाले चरम आर्थिक संकटोन्मुख रहेका बेला सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताए । कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आएको यस विषम परिस्थितिमा आफ्ना कार्यकर्तालाई अयोग्य लडाकुका नाममा पैसा बाँड्न नहुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया