बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

नेपाली वाम आन्दोलनका धरोहर भनेर चिनिने मोहनविक्रम सिंह वैचारिक र सैद्धान्तिक पक्षमा अब्बल मानिन्छन् । कम्युनिस्ट नेता प्रचण्ड, किरणलगायतका राजनीतिक गुरु पनि मानिने सिंह नेकपा मसालका महामन्त्री हुन् । राजनीति, दर्शनशास्त्र, इतिहास, साहित्यजस्ता धेरै विधामा दुई दर्जनभन्दा बढी पुस्तक लेखेका उनी वैचारिक र दार्शनिक पक्षमा धाराप्रवाह बोल्न सक्छन् । उमेरले ८८ वर्ष पुगेपनि वैचारिक हिसाबले तन्नेरी सिंह प्रतिगमनको खतरा अझै नटरेको टिप्पणी गर्छन् । एमालेले राजावादीलाई साथ दिँदा गणतन्त्र र धर्मनिरपेक्षतामाथि बारम्बार प्रहार गर्न खोजेको उनको ठम्याई छ । के परिवर्तन उल्ट्याउने षडयन्त्र भएकै हो त ? कुन शक्ति/समूहबाट प्रतिगमनको खतरा छ ? यिनै विषयमा केन्द्रीय रहेर समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

तपाईँको स्वास्थ्य कस्तो छ ?
म अहिले ८८ वर्षको भए । मेरो स्वास्थ्य ठिकै छ । म सुगरको बिरामी पनि छु, त्यसले गर्दा मैले नियमित औषधि सेवन पनि गरिरहेको छु । खानपानमा पनि विशेष जोड दिन्छु । सुगरको बिरामी भएकाले शरीरलाई हानि गर्ने कुराहरू खाँदिनँ । राजनीतिक व्यक्ति भएकाले पछिल्लो घटनाक्रमबारे चासो नराख्ने कुरै भएन । पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने गरेर बितिरहेका छन् दिन ।

पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिले नेपाली राजनीतिमा धेरै नै उथलपुथल भइरहेको छ । त्यस विषयमा हामीले गम्भीर भएर सोची पनि रहेका छौँ । देशमा प्रतिगमनको खतरा कायमै छ । राजवादीहरू गणतन्त्र, धर्मनिरपेक्षताजस्ता प्राप्त उपलब्धिहरू फाल्नका लागि पहिलाको भन्दा बढी आफ्ना गतिविधिहरू बढाएर गएका छन् । त्यो शक्तिलाई अहिले नेकपा एमालेले समर्थन गरिरहेको छ । त्यसले गर्दा पनि प्रतिगमनको खतरा अझैँ बढेको छ । यसैगरी अमेरिकी साम्राज्यवादको गतिविधि पनि अहिले बढेर गएको छ । नेपालको राष्ट्रियता, सार्वभौमिकता र बृहत्तर राष्ट्रिय हितमा धेरै नोक्सान पुगेको छ भन्ने गम्भीर विश्लेषण हामीले गरिराख्या छौँ ।

तपाईँ एमालेमाथि शंका गर्दै प्रतिगमन देख्नुहुन्छ, कम्युनिस्ट सिद्धान्त बोकेको दल कसरी प्रतिगामी हुनसक्छ ?
हेर्नुस्, यो कुरा प्रस्ट छ । एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले भारतीय सामन्त गोयलसँगको भेटघाटपछि एमालेको लाइनमा परिवर्तन आयो । त्यो परिवर्तन के अर्थमा भयो भने, गणतन्त्रात्मक व्यवस्था माने पनि अहिले राजावादीहरूसँगको साँठगाँठ र सदाशयता बढेको छ । धर्मनिरपेक्षताप्रतिको उसको दृष्टिकोण बदलिएर गएको छ । त्यसैले अहिलेको अवस्थामा एमालेले नै प्रतिगमनको मुख्य नेतृत्व गरिरहेको छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हो । त्यो हाम्रो तथ्य र वास्तविकतामा रहेर विश्लेषण गरेका पनि हौँ । त्यसैले प्रतिगमनविरुद्धको पाँचदलीय गठबन्धन चुनावी तालमेललाई हामीले समर्थन गरेका हौँ । पुस १० मा सरकार बन्दा प्रचण्ड पाँचदलीय गठबन्धन छोडेर एमालेसँग मिल्न गएपछि हामीले त त्यसको भर्त्सना पनि गरेका थियौँ । पछि प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको सन्दर्भमा गैर एमालेलाई समर्थन गरेर आउनुभयो त्यसलाई स्वागत पनि गरेका थियौँ । राजनीतिमा कुनै पनि पूर्वाग्रहबिना तथ्यअनुसार राजनीतिक दलले लिने लाइनअनुसार उनीहरूको मूल्यांकन गरेर दृष्टिकोण सार्वजनिक गर्ने गर्छौं ।भनेपछि राजावादी र ओली परिवर्तन उल्ट्याउने षडयन्त्रमा छन् भन्ने तपाईँको निष्कर्ष हो ?
राप्रपाले गणतन्त्र नै चाहेको थिएन, अहिले त सडकमा पनि धेरै राजावादीहरू जन्मिएको हुन् कि ! पनि भन्न थालिएको छ । तर गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने नीतिहरूले देशको ऐतिहासिक अवस्था र जनचेतना समेतसित मेल खाँदैनन् । त्यसैले त्यो दिशामा उठाइएका प्रयत्नहरू लगातार असफल हुँदै गएका छन् ।

अहिले नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकमात्र रणनीति सुरुदेखि नै के हो भने गठबन्धनलाई तोडाउने । ओली प्रतिगमनकारी शक्तिका नाइके भएकाले प्रतिगमनविरुद्धको गठबन्धन हामी अझै मजबुत बनाउने कोसिसमा हुन्छौं । गठबन्धन कति बलियो र टिकाउ बनाउने कुरा नेपाली कांग्रेसको हातमा छ ।

आगामी दिनमा पनि तिनीहरूको पराजय निश्चित छ । राजावादीहरूको त्यस प्रकारको असफलता र त्यो कारणले उनीहरूमा पैदा भएको निराशा र कुण्ठाका कारणले पूर्वराजा र राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध आफ्नो अभियानलाई अरू तीव्र बनाएर लैजाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । उनीहरूको त्यस प्रकारको प्रतिगामी अभियानमा ओली पक्ष पनि थपिए । असंवैधानिक रूपमा दुई–दुई पटक संसद् विघटन गरेर ओलीले व्यवस्थामाथि धावा बोलेकै हुन् । राजनीतिक दलहरू र जनताको खबरदारीबाट संविधान नै खारेज हुने अवस्थाबाट नेपाल बच्यो । अझै पनि त्यस्तो प्रयास हुन सक्छन्, एमाले र राप्रपा मिलेर त्यो प्रयास गर्न सक्छन् । हामीले के पनि बिर्सनु हुँदैन भने जनआन्दोलनको बेलामा ‘बयलगाढा चढेर अमेरिका पुग्नु र गणतन्त्र आउनु एउटै हो’ भन्ने व्यक्ति ओली नै हुन् । ओली पहिलेदेखि नै राजावादी हुन् । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी पनि हुन् । मैले त्यसतर्फ संकेतमात्रै गर्न खोजेको हो ।

पुस १० को सरकार बन्दा विपक्षमा उभिनुभयो, अहिले पक्षमा हुनुहुन्छ । यो सरकारको मूल्यांकन कसरी गर्नुहुन्छ ? 
हामीले कसलाई समर्थन गर्ने कसलाई विरोध गर्ने भन्ने कुरामा कसैप्रति पूर्वाग्रह राख्दैनौँ । उनीहरूले कुन प्रकारको नीति अपनाउँछन्, त्योअनुसार नै हामी अघि बढ्छौँ । पहिला एमाले र माओवादी मिल्दा त्यसलाई समर्थन गरेका थियौँ । त्योभन्दा पहिला भारतीय नाकाबन्दीलाई ओलीले गम्भीर रूपमा लिएका थिए, त्यो नाकाबन्दी सामना गर्नका लागि हाम्रो पार्टीबाट उपप्रधानमन्त्री भएर सरकारमा जानु भएको थियो । जब केपी ओलीले आफ्नो कोर्स बदले त्यसपछि हामीले समर्थन नगरेका हौँ । पछिल्लो समय ओली राजावादीसँग बढी साँठगाँठमा केन्द्रित भएपछि हामी अलग भयौँ । त्यसैगरी पुस १० गते सरकार बनाउँदा हाम्रो पाँचदलीय गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीसँग मिल्न गए, त्यसलाई हामीले विरोध ग-र्यौं । अहिले प्रचण्ड एमाले गठबन्धन छोडेर राष्ट्रपतिको चुनावको सन्दर्भमा यता आएपछि हामीले समर्थन ग-यौं । हाम्रो पहिलादेखि नै अडान थियो, एमालेको उम्मेदवारले राष्ट्रपति पदमा चुनाव जित्दा सबैमा ओलीको प्रभुत्व हुन्छ र देश तानाशाहीतर्फ जाने सम्भावना हुन्छ । त्यसकारण हामीले त्यसलाई विरोध गरेका थियौँ । जब फेरि प्रचण्डले गठबन्धन छोडेर हाम्रो गठबन्धनमा आएपछि स्वागत गरेका हौँ । त्यसकारण हामीले कुनै पूर्वाग्रह वा प्रलोभन बिना कुन राजनीतिक पार्टीले कस्तो दृष्टिकोण अपनाउँछ, त्यसैअनुसार नै हामीले मूल्यांकन गरिरहेका छौँ । त्यसैका आधारमा यस पटक हामीले प्रचण्डलाई विश्वासको मत पनि दिएका छौँ । स्पष्ट छ, अहिले पनि माओवादी र सरकारसँग हाम्रा कयौँ गम्भीर प्रकारका मतभेद पनि छन् । त्यो आफ्नो ठाउँमा छ । तर प्रचण्डले ओलीलाई छाडेपछि हामी उनको पक्षमा हो ।

अब कसरी प्रचण्ड नेतृत्वको सरकार अगाडि बढ्ला ?
पहिलो कुरा, आम चुनावले राम्रो परिणाम दिन सकेन । हाम्रो पार्टीले पाँचदलीय गठबन्धनभित्र जुन समझदारी भएको थियो त्यसमा इमानदारिताका साथ प्रस्तुत भयो र आफ्नो जिम्मेवारी निर्वाह गरेको छ । तर अन्य पार्टीहरूमा कमजोरीहरू देखा परेको कारण पनि अहिलेको अवस्था भएको हो । सकेसम्म हामी सबैले देशलाई सही दिशामा लैजाने प्रयत्न गर्नुपर्छ । अहिले हामीले प्रतिगमनका विरुद्धमा गठबन्धन गरेर प्रतिगमनलाई परास्त गर्न सक्नुपर्छ । अहिले आम जनजीविकाका प्रश्नहरू गम्भीर प्रकारका छन् । ती समस्या समाधानका लागि हामीले सरकारलाई निरन्तर दबाब पनि दिन्छौं ।

यो गठबन्धन पाँच वर्ष ढुक्क टिक्छ ? 
यो गठबन्धन कति वर्ष वा कति समय टिक्छ त्यो भन्न सक्दैनौं । अहिले नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकमात्र रणनीति सुरुदेखि नै के हो भने गठबन्धनलाई तोडाउने । ओली प्रतिगमनकारी शक्तिका नाइके भएकाले प्रतिगमनविरुद्धको गठबन्धन हामी अझै मजबुत बनाउने कोसिसमा हुन्छौं । गठबन्धन कति बलियो र टिकाउ बनाउने कुरा नेपाली कांग्रेसको हातमा छ ।

द्वन्द्वकालमा माओवादी र सरकारबीच सशस्त्र संघर्ष भयो । संघर्षका क्रममा जो मारिए या घाइते भए । त्यतिबेला प्रचण्ड र गिरिजाप्रसाद कोइरालाकाबीचमा शान्ति सम्झौता भएपछि सिद्धियो । त्यसमा कुनै आवाज उठाउनुपर्ने मुद्दा गर्नु पर्ने कुनै औचित्य छैन ।

तपाईं कम्युनिस्ट आन्दोलनको धरोहर हो । अहिलेको कम्युनिस्ट आन्दोलन अलिकति धर्मरायो, विचलित भयो भन्ने छ । तपाईंहरु कोही कांग्रेससँग त कोही राजावादीसँग मिल्नुहुन्छ ?
पहिलो कुरा त अहिलेको नेपालको मात्रै होइन, विश्वको कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर भएको छ । त्यसमा विचलन आएको छ । त्यसमा संशोधनवादी धार बढ्दै गएको छ । त्यसको एउटा रूप नेपालको कम्युनिस्ट आन्दोलन पनि हो । नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट अलग गरेर हेर्न सकिँदैन । त्यसको असर नेपालको कम्युनिस्ट आन्दोलनमा पनि परेको छ । यहाँ पनि संशोधनवादी दिशाको नै बढी प्रभाव छ । अहिले जुन सरकार बनेको छ, यो कम्युनिस्ट पार्टीको सरकार होइन । अहिलेको सरकारले कम्युनिस्ट नीतिअनुसार काम गरेको पनि छैन । त्यसकारण कम्युनिस्ट शक्ति एकै ठाउँमा आउनुपर्छ भन्ने मेरो मान्यता छ ।

नेपाली जनता वामपन्थीतिर छन् भनेर हामी विश्लेषण गर्छाैं । तर, कम्युनिस्ट पार्टीले गरिब, मजदुर र सर्वहारा वर्गसँग सम्बन्ध टुटाउँदै लग्यो भनिन्छ नि ! किन ?
संसारभर त्यही भइरहेको छ । जब कम्युनिस्ट आन्दोलन सही दिशा र विचारबाट विचलित हुन्छ, तब दक्षिणपन्थी र गलत दिशा समात्छ । र, त्यो जनता, मजदुर र किसानबाट अलग हुँदै जान्छ । त्यसकारण, समाजवादी देशको पनि पतन भयो । रुसमा कम्युनिस्ट पार्टीले दक्षिणपन्थी बाटो लियो । त्यसले नोकरशाही रूप लिँदै गयो । त्यहाँ पुँजीवादको स्थापना भयो र कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको नै विघटन भयो । ठीक त्यही अवस्था यहाँ पनि छ ।

अन्त्यमा द्वन्द्वकालीन विषयहरू अहिले अदालतमा पुग्न थालेका छन् यसप्रति तपाईंको धारणा के हो ?
यो विषयमा अहिले होइन, सुरुदेखि नै स्पष्ट धारणा सार्वजनिक गरेका थियौं । माओवादीसँग हाम्रा कयौं प्रकारका मतभेद छन् भन्ने विषयमा एउटा विषय यो पनि हो । द्वन्द्वकालमा माओवादी र सरकारबीच सशस्त्र संघर्ष भयो । संघर्षका क्रममा जो मारिए या घाइते भए । त्यतिबेला प्रचण्ड र गिरिजाप्रसाद कोइरालाकाबीचमा शान्ति सम्झौता भएपछि सिद्धियो । त्यसमा कुनै आवाज उठाउनुपर्ने मुद्दा गर्नु पर्ने कुनै औचित्य छैन । तर, द्वन्द्वकालमा मानिसहरू पीडित भएका छन्, हत्या भएको छ, सर्वस्वहरण भएको छ, वा घाइते भएका छन्, यो कुरामा सत्ता पक्षका कारणले होस् वा विद्रोही पक्षको कारणले होस् उनीहरूमाथि निष्पक्ष न्याय हुनुपर्छ । अपराधअनुसारको सजाय हुनुपर्छ भन्ने हाम्रो मत छ ।

तपाईको प्रतिक्रिया