शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

समाचार सुन्नुहोस्  :

काठमाडौं – करिब ११ महिनापछि क्रिप्टोकरेन्सी इथरको मूल्य ५ प्रतिशतले बृद्धि भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार कम्पनीले आफ्नो सफ्टवेयर अपग्रेड गरेसँगै इथरको मूल्यमा बृद्धि भएको हो ।

क्रिप्टोकरेन्सी बजारको सबैभन्दा धेरै हिस्सा भएको सूचीमा दोस्रो रहेको इथरको मूल्य २,१३०.८० डलर (करिब २ लाख ८० हजार रुपैयाँ) पुगेको छ । यसको साथै इथर खरिद गर्नेहरूको संख्या बढ्ने रोयटर्सले उल्लेख गरेको छ । बजार हिस्सा सबैभन्दा धेरै भएको बिट्क्वाइनको मूल्य भने २ प्रतिशतले बढेर ३०,९२३ डलर (४० लाख ४० हजार रुपैयाँ) पुगेको छ ।

 

तपाईको प्रतिक्रिया