शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – नेपाली नयाँ वर्ष २०८० को अवसरमा नागोयामा साँगीतिक कार्यक्रम हुने भएको छ ।

नेपालबाट आमन्त्रित करीव आधा दर्जन कलाकारहरुको साँगीतिक प्रस्तुती रहने सो कार्यक्रम नेपाली नयाँ वर्षको पूर्वसन्ध्या पारेर यहि अप्रिल ११ मा हुन लागेको हो ।

टेलिभिजन कार्यक्रम इन्द्रेणीका कृष्ण कँडेल, गायिका कृष्ण बजगाईं, गायिका रेखा पौडेल, भ्वाइस अफ नेपालका बिजयी रबि ओड र हास्यकलाकार शैलेन्द्र सिंखडा लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहने नयाँ वर्ष साँगीतिक साँझ कार्यक्रम नागोयाको देउराली रेष्टुरेन्टमा हुने बताईएको छ ।

नेपाल जापान बीच रहि आएको सुमधुर सम्बन्धलाई साँगीतिक कार्यक्रमका माध्यमबाट जनस्तरमा समेत बिस्तार गर्न यसप्रकारको साँगीतिक आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको नागोया संयोजक हरि दोङ तामाङले समुद्रपारिलाई जानकारी दिए ।

हेराल्ड मिडिया हाउस र नेपाल जापान साँस्कृतिक समाजको सहकार्यमा हुन लागेको सो कार्यक्रम टोकियोको कामातास्थित चौतारो रेष्टुरेन्टमा पनि यहि अप्रिल ९ र १० मा हुने बताईएको छ ।***

तपाईको प्रतिक्रिया