शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौं – सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रङ्गशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रङ्गशालामा निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ । रङ्गशाला निर्माण कार्य पूरा नहुँदै फाउन्डेसनले हात झिकेपछि सरकार आफैँले बनाउने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया