बुधबार, मंसिर २०, २०८०
Wednesday, December 6, 2023

टोकियो – जापानमा एक नेपाली युवकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको हो ।

ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए । आइतबार बिहानमात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो ।

उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कर्णबहादुर बुढाले जानकारी दिए । उनकाअनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान आएका थिए ​खिमका बुबा कर्णबहादुर तुलसीपुर उपमहानगरपालिका ३ का वडा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया