बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

काठमाडौं – सगरमाथा क्षेत्र भ्रमणमा रहेका एकजना जापनिज नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका ५४ वर्षका हितोशी इशिबा गत सोमबारदेखि सम्पर्कविहीन भएका हुन् ।

कम्पनी र गाइडबिना नै एक्लै भ्रमणमा आएका हितोशी सम्पर्कविहीन भएको खबर दूतावासमार्फत प्रहरीमा आएको जनाइएको छ । उनी गत ९ गते खुम्बुको मन्जो चेकपोस्ट गएको अभिलेख भेटिएको छ ।

त्यसपछि उनी कता गए भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी राम किशोर शाहले बताए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया