बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

भारतमा महाराष्ट्रपछि छत्तीसगढमा पनि बच्चा चोरीको आशंकामा साधुलाई कुटपिट गरिएको छ । छत्तीसगढको भिलाईमा केही व्यक्तिले केसर लगाएका तीन साधुलाई यति निर्दयी ढंगले कुटेका छन् कि तीनैजना रगतले लतपतिएका छन् ।

तीनजना साधु बाटो बिराएर बस्तीमा पुगेका बताइएको छ । सूचना पाएपछि प्रहरीले साधुलाई त्यहाँबाट उद्धार गरेको थियो । यस घटनामा भिलाई–३ प्रहरीले केही व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ ।

जानकारी अनुसार दुर्ग जिल्लाको भिलाई–३ क्षेत्रका पण्डितहरूसँग भेट्नका लागि ३ साधु चारोडा बस्ती पुगेका थिए । साधुलाई देखेर बस्तीका केही युवाले रोकेर बच्चा चोर भन्दै कुटपिट गर्न थाले ।

ती युवाले साधुलाई अटोबाट तानेर कुटपिट गरे । कुटपिटबाट साधुहरू रगताम्मे हुन पुगे । खबर पाएपछि प्रहरी पुगेर उनीहरुलाई बचाएको थियो ।

तपाईको प्रतिक्रिया