Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – नव नियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषदमा लैजाने बताए । उनले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गरेका छन् । सो फाइल पनि निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्ने जानकारी दिए । उनले मातहतका कर्मचारीहरुलाई समयको पालना गर्न निर्देशन दिए । समय पालनाको अवज्ञालाई छुट नदिने उनले बताएका छन् । मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उनले आग्रह गरे ।

यसअघि गत पुस ११ गते भौतिक पूर्वाधार मन्त्री बनेका नारायणकाजी १० वर्षपछि दोस्रो पटक गृहमन्त्री बनेका हुन् । दबाबमा परेर काम गर्नु नपर्ने बताउँदै संविधान, कानुन र जनतालाई हेरेर काम गर्न निर्देशन दिए । धनी पहुँचवाला प्रहरीका हाकिमकँहा सजिलै पुग्ने तर गरिब निमुखाका कुरा नसुन्ने कुराको अन्त्य हुनुपर्ने गृहमन्त्री श्रेष्ठले बताए ।

भ्रष्टाचार र अपराध नियन्त्रणमा संकल्प गर्न पनि उनले निर्देशन दिएका छन् । ‘भ्रष्टाचार नगर्ने संकल्प गरौँ । पहिले गर्नु भएको छ भन्ने होइन नगरेको भए धेरै राम्रो । यसमा मेरो सबैभन्दा बढी चासो रहन्छ । घुमाएर, बाङ्गोटिङ्गो कोणबाट भ्रष्टाचार गरेको सहन सकिने छैन’, श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया