Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बन्ने भएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको हाे ।

केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ। ‘मिटरब्याजको सम्बन्धमा मुलुकी अपराध संहितामा समावेश गर्ने भन्ने कुरा छ,’ एक मन्त्रीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गासहितको वार्ता टोली गठन गरेका हुन् ।

तपाईको प्रतिक्रिया