काठमाडौं – भूमि अभियन्तामाथि लगाइएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरूले आज पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
भूमि अभियन्तालाई निशर्त रिहाइ गर्नुपर्ने र झुठा मुद्दा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरूले बसोबासको अधिकार सुनिश्चित गर, भूस्वामित्वको ग्यारेन्टी गर, भूमि अभियन्ताहरुलाई रिहाइ गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले आफूहरूलाई अहिले बसोबास गरिरहेको स्थानबाट हटाउन लागिएको भन्दै काठमाडौं महानगरबिरुद्ध नाराबाजी गरेका थिए ।