बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडौं – लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र समर्थन फिर्ता लिएर बाहिरिएको छ । माओवादीबाट प्रदेश सरकारमा मन्त्री रहेका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसीले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन् ।

उक्त प्रदेशमा एमालेको नेतृत्वमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मिलेर सरकार बनाएका थिए । संघीय सत्ता गठबन्धनमा रहेकै दलहरु मिलेर सरकार बनाउने उद्देश्यका साथ माओवादी मन्त्रीहरु एमाले नेतृत्वको सरकार ढाल्न सरकारबाट बाहिरिएका हुन् ।

प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, स्वतन्त्र २, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना सांसद छन् ।

यहाँ सरकार बनाउन ४४ जना सांसदको समर्थन चाहिन्छ । यहाँ कांग्रेस, माओवादी, समाजवादीलगायत संघीय सत्ता गठबन्धनमै रहेका दलले अब यहाँ सरकार बनाउने भएका छन् ।

तपाईको प्रतिक्रिया