शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – काठमाडौं महानगरपालिका अतिक्रमण हटाउन फेरि सक्रिय भएको छ । महानगरले नदी मिचिएका स्थान खाली गर्ने तयारी गरेको छ ।नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन महानगरले निर्देशन दिएको छ ।

आज शनिबार एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल अन्यत्र सार्न भनिएको छ ।
एक साताभित्र अनधिकृत संरचना नहटाए प्रचलित कानुन बमोजिम महानगरले आफै हटाउने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया