काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादमा नपरी देश र जनताको पक्षमा काम गर्न नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।
आईजीपी नियुक्त भएपछि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका कुँवरलाई गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
नवनियुक्त आईजीपीलाई सफल कार्यकालको शुभकामनासहित बधाईसमेत दिएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।