Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपालमा १७ दशमलव १ प्रतिशत बालबालिका आमासँग मात्रै बस्ने गरेको देखिएको छ । राष्ट्रिय जनगणनाबाट १७ दशमलव १ प्रतिशत बालक र १७ दशमलव १ प्रतिशत नै बालिकाहरु आमासँग बस्ने गरेको देखिएको हो ।

राष्ट्रिय तथ्या‌ंक कार्यालयका अनुसार ७७ दशमलव ९ प्रतिशत बालबालिका आमाबुबा दुवैसँग बस्ने गरेकाे पाइएको छ । बुबासँग मात्रै बस्ने बालबालिकाको स्थिति भने १ दशमलव ०३ प्रतिशत देखिएको छ । सौतेनो बाबु तथा सौतेनी आमासँग बस्ने बालबालिकाको संख्या भने शून्य दशमलव तीन प्रतिशत देखिएको छ ।

अन्य नातेदारसँग बस्नेको संख्या ३ प्रतिशत, रोजगारदातासँग बस्ने शून्य दशमलव ०३ प्रतिशत, अन्य शून्य दशमलव ५ प्रतिशत र कोसँग बसेको छ भन्ने नै थाहा नभएको भने शून्य दशमलव १ प्रतिशत रहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया