मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

मानिसहरु स्वस्थ रहनका लागि विभिन्न उपायहरु अपनाउँछन् । स्वस्थ र लामो जीवनका लागि राम्रो खानपान गर्नु पर्छ भन्ने सबैलाई थाहा भएको कुरा हो । राम्रो खानपानसंगै शरीरको गतिविधि पनि राम्रो हुनु अति नै आवश्यक छ ।

दिनहुँ व्यायाम गर्नाले केवल फिट रहने मात्र नभइ यसले विभिन्न रोगको खतरा पनि कम गर्छ । यदि तपाईँ बिहान हिँड्ने, दौडने अथवा जगिङ जस्ता कुनै पनि शारीरिक गतिविधि गर्नु हुन्छ भने यसले तपाईंलाई दिनभरी ताजा महसुस गराउँछ ।

हरेक दिन ११ मिनेटको हिँडाईले मुटु रोग, स्ट्रोक तथा क्यान्सरजस्ता रोगबाट बच्न सकिन्छ भन्ने कुरा बेलायतमा भखर्रै भएको एउटा सर्वेक्षणमा दावी गरिएको छ । मानिसले एक हप्तामा कम्तिमा १५० मिनेटको मोडरेट इन्टेन्सिटीको शारीरीक गतिविधि गर्नु आवश्यक भएको कुरा उक्त सर्वेक्षणमा भनिएको छ ।

उक्त सर्वेक्षणका अनुसार दिनहुँ गरिने शारीरिक गतिविधिले घातक रोगबाट मर्ने खतरा २३ प्रतिशतसम्म कम हुन्छ । दिनमा करीब ११ मिनेटको शारीरिक गतिविधिले १७ प्रतिशत मुटु रोग र ७ प्रतिशत क्यान्सरको खतरा कम गर्छ । मोडरेट इन्टेसिटीको व्यायाम गर्नाले जुनसुकै उमेरका मानिस पनि मुटु रोगको खतराबाट बच्न सक्छन् ।

स्वस्थ रहनका लागि शारीरिक गतिविधिको आवश्यकताका बारेमा गरिएको अध्ययनका लागि वैज्ञानिकले १० वर्षसम्म तीन करोड मानिसमा गरिएको करीब १९६ सर्वेक्षण आकलन गरेको थियो ।

तपाईको प्रतिक्रिया