शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – चीनको हुबेइ प्रान्तमा गुडिरहेको बस अहिले चिनियाँ समाजिक संजालमा भाइरल भइरहेका छन् । रातो रङ्गको यो बस सेवा चर्चामा आउनु कारण हो : यो बसमा ड्राइभर नै छैन ।

यो बस यात्रुहरुले आफू अनुकूल संचालन गर्न सक्छन् । त्यसका लागि बसमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । हाल परीक्षणका रुपमा यो बस संचालन गरिएको हो ।‘सेल्फ ड्राइभिङ पेसेन्जर बस’ भनिएको यो गाडीमा लेजर राडर, मिलिमिटर वेब राडर र एचडी क्यामरा जडान गरिएका छन् । एक सेकेन्डभन्दा कम समयमा यो बसले बसको ‘अपरेशनल’ निर्णयहरु लिन सक्ने जनाइएको छ ।यो बसले ट्राफिक अवस्था र गम्भीर वातावरणमा पनि काम गर्ने जनाइएको छ ।

Photo : Xinhua
तपाईको प्रतिक्रिया