शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – भारत भ्रमणबाट जापानी प्रधानमन्त्री फुमियो किशिदा मंगलबार युक्रेन पुगेका छन् । जापानी प्रधानमन्त्री किशिदाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट गरेका छन् ।

भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किशिदाले युक्रेनलाई ४७ करोड डलर सहयोग गर्ने घोषणा गरेका छन् । यो पैसा युक्रेनको ऊर्जा क्षेत्र र अन्य उद्योगहरूको विकासमा प्रयोग गरिनेछ ।

यसबाहेक जापानले युक्रेनलाई गैर-घातक हतियार खरिद गर्न नाटो ट्रस्ट फण्डबाट ३ करोड डलर दिने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया