बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार घोडे जात्रा पर्व मनाइएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।Ghode jatra 1उक्त समारोहमा घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका छन् । घोडेजात्राको रौनकले टुँडिखेलको माहौल नै तताएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्व सहभागी हुने गर्छन् ।Ghode jatra 1टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलनअनुसार घोडेजात्रा मनाउन थालिएको किम्वदन्ती छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।Ghode jatra 2Ghode jatra 2Ghode jatra 3Ghode jatra 3ghode 5 1536x998 1ghode 3 1536x990 1ghode 7 1536x975 1ghode 8 1536x899 1ghode 9 1536x959 1

तपाईको प्रतिक्रिया